लन्डन । चेल्सीलाई हराउँदै लेष्टर सिटीले यस वर्षको एफ.ए कप फुटबलको उपाधि जितेको छ । गएराति लण्डनको वेम्बले रंगशालामा भएको खेलमा लेष्टर सिटी १–० ले विजयी भयो ।
खेलको ६३ औं मिनेटमा लेष्टरका युरी टिलेमन्सले गरेको गोल नैं टोलीलाई पहिलो पटक एफए कपको उपाधि जिताउन पर्याप्त बन्यो । हारसँगै चेल्सीका प्रशिक्षक थोमस टुकेलको नेतृत्वमा पहिलो उपाधि जित्ने लक्ष्य अधुरै रह्यो ।
चेल्सीले यसै हप्ता लेष्टर सिटीसँग इंग्लीश प्रिमियर लिग फुटबलमा पनि प्रतिस्पर्धा गर्दैछ । जारी लिगको शिर्ष चार स्थानमा पर्दै अर्को सिजनको च्याम्पियन्स लिग खेल्न यो खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण रहेको छ । खेल आगामि बुधवार चेल्सीको मैदानमा हुनेछ ।